१५ चैत्र २०८०, बिहीबार
Follow Us

बेलायतको ईयूबाट बहिर्गमनबारे अनिश्चितताले अर्थतन्त्रमा असर गर्नसक्ने

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७३, सोमबार ०५:१८

लन्डन । बेलायतका राज्यकोष प्रमुख फिलिप ह्यामन्डले बेलायत युरोपियन युनियन (ईयू) बाट बाहिरिने भनी गरेको जनमत सङ्ग्रहको निर्णयलाई कार्यान्वयनमा लाने विषय अनिश्चित बन्दा यहाँको अर्थतन्त्रमा असर पर्नसक्ने बताउनुभएको छ ।
ह्यामन्डले भन्नुभयो, “अर्थ विज्ञद्वारा गरिएका अर्थतन्त्रसम्बन्धी मूल्याङ्कन जसले बेलायतको ईयूबाट बहिर्गमन हुने क्रममा आएको अनिश्चितताका कारण अर्थतन्त्रमा असर पर्ने अनुमानका कारण हाम्रो अर्थतन्त्र अनिश्चितताको अकल्पनीय तहमा पुगेको छ ।”
उहाँले अर्थतन्त्रमा परेको असरलाई ठाउँमा ल्याउन बेलायतले तत्कालै योजना बनाउनुपर्ने बताउनुभयो । बेलायती प्रधानमन्त्री थेरेसा मेले ईयूबाट बेलायतको बहिर्गमनका लागि औपचारिक रुपमा कुराकानी सन् २०१७ को मार्च ३१ बाट सुरु गर्ने बताउँदै त्यसअघि हुने मध्यस्थतामा पनि सहभागी बन्ने बताउँदै आउनुभएको छ ।
तर ईयूबाट बेलायतको बहिर्गमनबाट अर्थतन्त्रमा असर पर्ने भनी ‘ब्रेक्जिट’ विपक्षमा रहेको समूह र त्यसबाट असर नपर्ने भनी ‘ब्रेक्जिट’ पक्षधर वर्तमान सत्ता गठबन्धनले आ¬–आफ्नै तवरले बहस गरिरहँदा पनि अर्थतन्त्रमा नकारात्मक असर पर्ने भन्दै यसबारे सचेत रहन वित्तकोष प्रमुख ह्यामन्डले बताउनुभयो ।