१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पत्रकार इ कुमार श्रेष्ठ स्वदेश फर्किने क्रममा अध्यागमनमा पक्राउ


११ आश्विन २०७३, मंगलवार ०६:२८

काठमाडौं,  असोज १०। पत्रकार इ कुमार श्रेष्ठलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा अधिकारीले नियन्त्रणमा लिएको छ । संयुक्त राज्य अमेरिकाबाट क्याथे प्यासिफिकको नियमित उडानमा स्वदेश फर्किएका पत्रकार श्रेष्ठलाई विमानस्थल सुरक्षा अधिकारीले नियन्त्रणमा लिए लगत्तै नेपाल प्रहरीको महानगरीय प्रभार टेकुमा हिरासतमा राखिएको छ । प्रहरीको महानगरीय प्रभारले दिएको जानकारी अनुसार उहाँ कार्यरत संचार माध्याममा चीन विरोधी समाचार निरन्तर प्रकाशन भएको भन्दै चीनिया दुतावासको आरोपमा पक्राउ गरिएको हो । यस अघि पनि पत्रकार श्रेष्ठलाई चिनिया प्रधानमन्त्री वेन जिअबोको नेपाल भ्रमण भएकै दिन प्रहरीले हिरासतमा लिएर मानसिक र शारीरिक यातना दिएर एक सात पछि विभिन्न मनाबधिकार संगठनको आग्रहमा रिहाई गरिएको थियो । पत्रकार श्रेष्ठ www.nepal24hours.com को वेब एडिटरको रुपमा कार्यरत छन् ।