१४ बैशाख २०८१, शुक्रबार
Follow Us

संविधान संशोधनको विपक्षमा एमाले

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७३, सोमबार ०५:२३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले औचित्य पुष्टि नहुने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गराउने तयारी गरेको भन्दै आपत्ति जनाएको छ । हिजो बसेको एमाले स्थायी समिति बैठकले सरकारमा रहेका र बाहिरका दलले समेत संशोधनको विपक्षमा रहेका बेला सरकारले संशोधन दर्ताको विषयलाई चर्चामा ल्याउनु गम्भीर भएको निष्कर्ष निकालेको हो ।
एमाले उपाध्यक्ष भीम रावलले संविधान संशोधन गर्नुपर्ने कारण पुष्टि नभइकन गरिने संशोधनको विपक्षमा एमाले रहेको बताउनुभयो । “स्थायी समिति बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे विमर्ष भयो, खासगरी सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने चर्चा चलाएको छ, जुन औचित्यहीन छ, जे जस्ता विषयमा संशोधन गरिँदैछ, त्यो जनताको अहितमा छ, यसबारे बैठकमा गम्भीर समीक्षा भयो”–उहाँले भन्नुभयो ।