१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री दाहालद्वारा प्रमुख दलको बैठक आह्वान

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७३, सोमबार ०५:२७

काठमाडौं । संबिधान संसोधनका विषयमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रमुख दलको बैठक बोलाएका छन् । साँझ प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा हुने बैठकमा आन्दोलनरत मधेस केन्द्रित दलको माग सम्वोधनका लागि सहमतिको प्रयास हुने बताइएको छ । प्रदेश सीमांकन, नागरिकता, भाषा र राष्ट्रियसभाको प्रतिनिधित्वका विषयमा संविधान संशोधन प्रस्ताव गर्ने तयारी भइरहेका बेला बैठक बोलाइएको हो । मधेस केन्द्रित दलले संबिधान संसोधन प्रस्ताव अघि बढाउन दुई साताको अल्टिमेटम दिएपछि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी सहित सहमति जुटाउन क्रियाशिलता देखाएका हुन् ।