८ बैशाख २०८१, शनिबार
Follow Us

एकीकृत पार्टीको नाम राप्रपा

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७३, सोमबार ०५:२८

काठमाडौं । पशुपतिशमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच आज एकीकरण हुदैछ । एकीकरणको लामो प्रयासपछि दुवै पार्टी राजधानीको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमबीच एकता घोषणा गर्न सहमत भएका हुन् । राजासहितको हिन्दु राष्ट्रको वकालत गर्दै आएको राप्रपा नेपाल र गणतन्त्र स्वीकार गरिसकेको राप्रपाबीच राजतन्त्रका विषयमा आगामी महाधिवेशनबाट टुंगोमा पुग्ने सहमतिसहित एकिकरण हुन लागेको हो । हिन्दू धर्ममा भने राप्रपा राप्रपा नेपालकै अडानमा सहमत भएको बताइएको छ। एकीकृत पार्टीको नाम राप्रपा हुनेछ भने निर्वाचन चिन्ह गाई प्रस्ताव गरिएको छ । एकीकरणपछि जबरा राष्ट्रिय अध्यक्ष र थापा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता बन्नेछन् ।