८ बैशाख २०८१, शनिबार
Follow Us

जर्मनीका प्रमुख शरहमा ‘नेपाल भम्रण वर्षको २०२०’ को प्रचारप्रसार (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१६ पुष २०७६, बुधबार १९:३३

लण्डन । जर्मनीस्थित बिभिन्न शहरमा नेपाल ‘नेपाल भम्रण वर्षको २०२०’को प्रचारप्रसार गरिएको छ ।
गैरआवासीय नेपाली संघ जर्मनीका महासचिव लोकमणी ढकालका अनुसार न्यु इयर इभको अवसर पारेर फ्रयाङ्गफर्ड, म्युनिख लगायतका शहरमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गरिएको हो ।

गैरआवासीय नेपाली संघ जर्मनीका क्षेत्रीय समितिको संयोजनमा आयोजित कार्यक्रममा संघका अध्यक्ष कुमार पन्त सहभागी थिए ।

नेपाल भ्रमण वर्षलाई पनि प्रबद्र्धन गर्ने उद्देश्य आयोजित कार्यक्रममा सहभागीहरुले नेपाली झण्डा, नेपाली ढाका टोपी, नेपाल भ्रमण वर्षको व्यानर सहित मुख्य पर्यटकीय स्थानमा नेपालको प्रचारप्रसार गरेका थिए ।

कार्यक्रममा त्यहास्थित विभिन्न पेशामा संलग्न रहेका नेपालीहरूको सहभागी भए । यसै बीच नेपाली दूतावास जर्मनीले आगामी मंगलवार वर्लिनमा आयोजना हुने एक कार्यक्रमका बीच नेपाल भ्रमण वर्ष २०२० को सुरुआत गर्ने भएको छ ।