१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा एनआरएनए (भिडियो)

नेपालब्रिटेन डट कम्
१६ पुष २०७६, बुधबार २०:१२

लण्डन । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरिएको छ। राजधानीको दशरथ रंगशालामा विषेश कार्यक्रम आयोजना गरेको भ्रमण वर्षको उद्घाटनका गैरआवासीय नेपालीहरुले समेत सहभातीता जनाए ।

रंगशालामा भएको भ्रमण वर्षको कार्यक्रमलाई दिप ज्योति प्रज्वलन र भ्रमणवर्षको प्रतिक यति अनावरण गरी राष्ट्रपति विद्यादेवि भण्डारीले औपचारीक सुभारम्भ गरिन्।
कार्यक्रममा गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भवन भट्टको नेतृत्वमा पुगेको एनआरएन टोलीले संघको झण्डा प्रर्दशन समेत गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पर्यटनलाई आर्थिक समृद्धिको रुपमा अंगिकार गरी भ्रमण वर्ष राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिएको बताइन।
त्यस्तै सुभारम्भ कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले समृद्ध नेपाल सुखि नेपालीको आधार नै भ्रमण वर्ष रहेको बताए। उनले नेपाल संसारकै एक अद्धितिय प्राकृतिक सम्पदा भएको मुलुक भएकाले भ्रमण गर्न आउन विश्व समुदायलाई आग्रह गरे।

समुद्घाटन कार्यक्रम पाँच घण्टासम्म सञ्चालन भएको छ। नेपालको संस्कृति झल्कने नाचगानबाट कार्यक्रम सुरू भएको थियो। समारोहमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइएको थियो।

समारोहमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, मन्त्रीहरु, संबैधानिक आयोग प्रमुखहरु, विभिन्न देशका पर्यटन मन्त्रीहरु, विभिन्न देशका राजदूतहरु, सांसद्, तथा पर्यटन व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो।

सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने र अबको १० वर्षलाई पर्यटन अभियानको रुपमा अगाडी बढाउने आधार वर्षको रुपमा सन् २०२० लाई लिएको छ।