७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएले काठमाडौँका चोकहरूमा सार्वजनिक शौचालय बनाउँदै

sarusaru
१७ पुष २०७६, बिहीबार ०६:५५

काठमाडौँ । काठमाडौँका व्यस्त चोकहरूमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले निर्माण गर्न लागेको सार्वजनिक शौचालयको प्रारम्भिक ढाँचा सार्वजनिक गरिएको छ । यसअघि महानगरपालिकासँगको सहकार्यमा संघले काठमाडौँका प्रमुख व्यस्त चोकहरूमा सार्वजनिक शौचालय निर्माण गर्ने सोच अघि सारेको थियो।

संघका अध्यक्ष कुमार पन्तले यसमा सबैको सकारात्मक प्रतिक्रिया आएको बताए। कलंकी, सुन्धारा, कोटेश्वर, माछापोखरी, चावहिललगायतका क्षेत्रमा महानगरले जग्गा उपलब्ध गराउने र एनआरएनएले शौचालय निर्माण तथा सुरुका केही वर्ष सञ्चालनको जिम्मेवारी लिने भएको हो।

मुलुकको संघीय राजधानी मात्र नभई प्रत्येक विदेशी पर्यटकलाई स्वागत गर्ने महानगर समेत भएकाले काठमाडौँलाई स्वच्छ र सफा राख्न यो पहल कदमी थालिएको अध्यक्ष पन्तले बताए । यसले काठमाडौँका आगन्तुक तथा यात्रुलाई पनि सुविधा पुग्ने उनको विश्वास छ ।

शौचालयको प्रारम्भिक ढाँचा सार्वजानिक गर्दै अध्यक्ष पन्तले सुझावको लागि पनि आह्वान गरेका छन् । उनले भनेका छन्– ‘यहाँहरूसँग पनि कुनै सुझाव, प्रविधि वा नवीन उपाय छन् भने हामीसँग हातेमालो गर्न सक्नुहुनेछ ।’
डिसी नेपाल