११ बैशाख २०८१, मंगलवार
Follow Us

अमेरिकामा एक नेपाली विद्यार्थीको मृत्यु

नेपालब्रिटेन डट कम्
१७ पुष २०७६, बिहीबार १३:२४

बोस्टन । अमेरिकामा अध्ययनरत एक नेपाली विद्यार्थीको ज्यान गएको छ । अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टन स्टोनह्याममा बस्दै आएका रौतहटका मिलन तिमलसिनाको बुधबार अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

केहीदिन अघि उनलाई टाउकोमा गम्भीर चोटपटक लागेकाले बर्लिङटनको लाहे होस्पिटल एण्ड सेन्टरको एमआईसीयूमा भर्ना गरिएको थियो।

उनको परिवारलाई साहयता पुर्याउन बोस्टनका नेपाली समुदायले ‘गो फण्ड मी’ मार्फत आर्थिक सहयोग संकलन गरिरहेका छन् । सहयोग गर्न चाहने यहाँ क्लिक गरेर सहयोग गर्न सकिनेछ ।