१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बीबीसीको बर्षका सय महिला सूचीमा दुई नेपाली

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७३, सोमबार ११:५३

बीबीसीले सन् २०१६ का लागि सार्वजनिक गरेको बीबीसी १०० महिला २०१६ को सूचीमा २ नेपाली महिला समावेश भएका छन्। बीबीसीले सोमबार सार्वजनिक गरेको सूचीमा नेपालको तर्फबाट पूर्व कुमारी चनीरा बज्राचार्य र पर्वतारोही लाक्पा शेर्पा परेका हुन्।

बीबीसीले २१ वर्षीया पूर्वकुमारी बज्राचार्यलाई पूर्वकुमारीलाई सामान्य जीवनयापनमा जान सहयोग गरेकाले को सूचीमा राखेको जनाएको छ। त्यस्तै ४५ वर्षीया पर्वतारोही शेर्पालाई भने सात पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहरण गरेकाले उक्त सूचीमा राखेको जनाएको छ।