७ बैशाख २०८१, शुक्रबार
Follow Us

पचास हजार घुससहित नासु पक्राउ

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७३, सोमबार १३:४२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय काठमाडौँका नासु अङ्गुरकुमार सिग्देललाई रु पचास हजार घुसहित कार्यस्थलमा नै पक्राउ गरेको छ । आयोगका प्रवक्ता गणेशराज कार्कीकाअनुसार सेवाग्राहीसँग घुस रकम मागिरहेको प्राप्त सूचनाका आधारमा पुगेको आयोगको टोलीले कार्यालय परिसरबाटै उहाँलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।