१३ बैशाख २०८१, बिहीबार
Follow Us

क्यानडामा नेपाल भ्रमण वर्षको प्रचारप्रसार

नेपालब्रिटेन डट कम्
१८ पुष २०७६, शुक्रबार १३:४४

टोरोन्टो । क्यानाडामा अन्तराष्ट्रिय नेपाली दिवस मनाउँदै ‘नेपाल भम्रण वर्षको २०२०’को प्रचारप्रसार गरिएको छ । क्यानडाबासी नेपालीहरुले अंग्रेजी वर्ष २०२० लाई स्वागत गर्दै नेपाली टोपी दिवस मनाएका हुन् । टोरोन्टो, ब्राम्पटन र मिसिसागामा एनआरएनए क्यानडा र विभिन्न स्थानीय संघसंस्थाहरुको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२० को पनि व्यापक प्रचारप्रसार गरिएको हाे । यस्तै अन्य सहरहरूमा पनि विभिन्न प्लेकार्ड र ब्यानरका साथमा नेपाल भ्रमण वर्षको प्रचारप्रसारसँगै नेपाली टोपी दिवस मनाइएको छ ।

टोरोन्टोको अति व्यस्त मानिएको डण्डास क्वायर क्षेत्रमा नेपाली समुदायका प्रतिनिधिहरूले नेपाली झण्डा र व्यानर फहराउदै नेपाल भ्रमण वर्षको
प्रचारप्रसार गरे । कार्यक्रमलाई एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरे, महासचिव पिताम्बर भट्टराई, उपाध्यक्ष हेमन्त थापा, उज्वल लगायत संघसंस्थाका प्रतिनिधिहरूले सम्बोधन गरेका थिए ।

यसअघि एनआरएनए क्यानडा, नेपाली साहित्य समाज क्यानडा, एनसीसी एसीसी कम्युनिटी हाउस० र कास्की समाज क्यानडाको संयुक्त आयोजनामा ब्राम्पटन मिसिसागामा पनि सातौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवश मनाइएको थियो । उक्त कार्यक्रममा नेपाली संस्कृति र परम्परा झल्कने खालका पहिरन र नेपाली टोपीसहित सहभागीहरूले नेपाली टोपीको महिमा र नेपाल भ्रमण वर्ष २०२० को विषयमा प्रकाश पारेका थिए ।

प्रमुख अतिथि अन्टारियो मिनिस्टर परममित सरकारिया र विशेष अतिथि एमपीपी दीपक आनन्दले उक्त कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
एनआरएनए उपाध्यक्ष विजय पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए आइर्सीसीका मानार्थ सदस्य रविन्द्र घिमिरे, एनआरएनए क्यानडाका सल्लाहकार ढुण्डिराज खनाल, प्रवासी नेपाली एकता मञ्चबाट महासचिव अशोक खड्का, एनसीसी एसबाट अध्यक्ष विदुर केसी, जनसम्पर्क समितिबाट अध्यक्ष सुरेन्द्र खड्का, जनसम्पर्क समितिबाट महामन्त्री वसन्त कार्की, नेपाल साहित्य समाजका अध्यक्ष रविन थपलिया कम्युनिटी हाउसका अध्यक्ष तुलसी सापकोटाले महिला चौतारीबाट गीता दवाडी, जनजाति महासंघबाट उपाध्यक्ष याम गुरुङ, क्रिकेट क्लबबाट किरोज श्रेष्ठ, कम्युनिटी हाउसबाट महासचिव वाल चन्द्र श्रेष्ठले टोपी दिवस तथा भिजिट नेपाल २०२० को विविध पक्षमा आफ्ना धारणा राखेका थिए ।