१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेलायतबाट ‘भिजिट नेपाल २०२०’ को शुभारम्भ (भिडियो सहित फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१९ पुष २०७६, शनिबार २२:३७

लन्डन । लन्डनस्थित नेपाली दूतावासमा एक समारोहकाबीच ‘भिजिट नेपाल इयर २०२०’ को सुरुवात गरिएको छ। दूतावासमा आयोजित एक विशेष समारोहमा बेलायतका लागि नेपाली राजदूत डा। दुर्गा बहादुर सुवेदीले सो अभियानको औपचारिक सुरुवात गरेका हुन्।

सो अवसरमा बोल्दै राजदूत सुवेदीले बेलायतमा बस्ने सबै नेपालीहरुलाई सन् २०२० मा सपरिवार नेपालको भ्रमण गर्न र आफ्ना ब्रिटिश साथीलाई नेपाल भ्रमण गर्न प्रेरित गर्न आग्रह गरे। उनले बेलायतमा रहेका सबै नेपाली रेस्टुरेन्टहरुलाई नेपाल भ्रमण वर्षको प्रचार प्रसार गर्न आग्रह पनि गरे।

दूतावासका उपनियोग प्रमुख शरद राज आरणले गत वर्ष नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा गत वर्ष लन्डनका ५० ओटा बसहरुमा नेपाल भ्रमण वर्षको विज्ञापन गरिएको जानकारी दिए। उनले बेल्फास्ट, म्यानचेस्टर लगायतका सहरमा पनि भ्रमण वर्ष सम्बन्धि कार्यक्रमहरु आयोजना गरिएको बताए।

कार्यक्रममा एनआरएन युकेकि अध्यक्ष पूनम गुरुङले बेलायतस्थित सबै संघसंस्थालाई भ्रमण वर्ष सफल पार्न आह्वान गरिन्। सो अवसरमा भ्रमण वर्ष सफल पार्न दूतावासबाट गठन गरिएका विभिन्न समितिका पदाधिकारीहरुले आआफ्नो समितिका कार्यक्रम र योजनाबारे प्रस्तुति गरेका थिए।

समारोहमा बेलायतको मिडल्याण्ड लगायत विभिन्न सहरबाट आएका नेपाली समुदायका अगुवाहरुको उल्लेख्य उपस्थिति थियो।

सो अवसरमा राजदूत सुवेदीले एनआरएनएका नवनिर्वाचित केन्द्रिय महासचिव डा. हेमराज शर्मा तथा संघको युरोप क्षेत्रका उपसंयोजक कृष्ण तिमल्सेनालाई खादा लगाएर सम्मान गरेका थिए।