१५ चैत्र २०८०, बिहीबार
Follow Us

कान्तिपुर टिभीमा बन्द भयो “सुमनसँग”

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७३, सोमबार १६:५४

काठमाण्डौं । बीबीसी नेपाली सेवामा लामो समय काम गरेका पत्रकार सुमन खरेलले कान्तिपुर टिभीमा चलाउने ‘सुमनसँग’ कार्यक्रम बन्द भएको छ । कान्तिपुर टिभी स्रोतका अनुसार गएको बिहीबारकी अतिथि कन्चन शर्मा रेग्मीको विवादीत अन्तरवार्ताले कान्तिपुर टिभीको शाख गिरेको भन्दै संचालक समितिले सो कार्यक्रम बन्द गर्ने निर्णय गरेको हो । स्रोतका अनुसार संचालक समितिले खरेललाई मौखिक जानकारी दिए पनि औपचारिक निर्णय भने सार्वजानिक गरेको छैन् ।

अन्तरवार्ताका क्रममा कन्चनले आफ्नो वेदना पोख्दै छोराहरुले अपहेलना गरेको आरोप लगाएकी थिइन् । उनले रचनाकार रवि प्राञ्जलले यो १५ वर्षअघिे लेखेको गलज आफ्नो भएको दावी गरकी थिइन् । सो अन्तरवार्ता एक पक्षीय भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

आलोचना पछि खरेलले आफ्नो फेसबुक टाइमलाइन मार्फत कन्चनको परिवारका सदस्यहरुको कुरा सुन्न प्रयत्न गरेको प्रतिक्रिया दिएका थिए । कान्तिपुरको पछिल्लो निर्णय भने औपचारिक रुपमा पुष्टी हुन बाँकी छ ।
खरेलको गतहप्ता कान्तिपुर टिभीमा प्रसारित कार्यक्रम