१३ बैशाख २०८१, बिहीबार
Follow Us

पूर्वप्रधानमन्त्री ब्लेयरको बेलायती राजनीतिमा मध्यस्थता हुने

नेपालब्रिटेन डट कम्
७ मंसिर २०७३, मंगलवार ०३:०६

लन्डन । बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले यहाँको अघिल्लो पङ्क्तिमा रहेर राजनीति गर्ने योजना नभए पनि युरोपियन युनियन (ईयू) बाट बेलायतको बहिर्गमन सम्बन्धमा दुई पक्षबीच मध्यस्थ धारणा ल्याउनु हुने उहाँका प्रवक्ताले जनाउनुभएको छ ।

ब्लेयरले ब्रेक्जिटको विरुद्धमा जनमतसङ्ग्रहमा मतदान गर्ने बेलायती नागरिकलाई नयाँ विद्रोहीको सज्ञा दिँदै ब्रेक्जिटका सम्बन्धमा दोस्रो जनमत सङ्ग्रह हुन सम्भव भएको प्रतिक्रिया दिनुभएको थियो ।

लेवर पार्टीका पूर्वउच्च नेता ब्लेयरले आफ्नो कार्यालयको गतिविधिलाई बन्द गरेर लन्डनमा आफ्नो नयाँ आधार विस्तारका लागि हेरिरहनुभएको बताइएको छ ।

उहाँले मुलुकभित्रका राजनीतिक समस्या हल गर्न नयाँ भूमिका निर्वाह गर्न चाहेको हुनसक्ने विश्लेषकहरुले बताएका छन् ।

ब्लेयरले पहिलो पङ्क्तिमा रहेर राजनीति गर्न चाहेका नदेखिएकोे साथै ब्रेक्जिटका विषयमा पनि आफ्नो भूमिका नखोज्नु भएको तर बेलायती राजनीतिमा रहेको दुई ध्रुवबीच मध्यस्थताको बहस चलाउन सक्ने, पूर्वप्रधानमन्त्रीका प्रवक्ताले बताउनुभयो ।

सन् १९९७ देखि सन् २००७ सम्म बेलायतलाई नेतृत्व दिन ब्लेयर सन् २००३ मा बेलायतलाई इराकविरुद्धको लडाइँमा सामेल गर्ने निर्णयका कारण बेलायती राजनीतिमा विवादित बन्नुभएको थियो ।