१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश

नेपालब्रिटेन संवाददाता
२१ पुष २०७६, सोमबार ०५:००

लन्डन । लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा एभर्टनलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै लिभरपुल अघिल्लो चरणमा पुगेको हो । लिभरपुलका लागि कुर्टिस जोन्सले निर्णायक गोल गरे ।

गएराति नै भएको खेलमा नोटिङ्हम फरेस्टलाई २–० ले पराजित गरेको चेल्सीले पनि चौथो चरणमा स्थान बनाएको छ । चेल्सीलाई जित दिलाउन कलुम हड्सन र रोस बार्क्लीले एक एक गोल गरे । टोटेनह्याम भने मिडल्सबर्गसँग एक–एक गोलको बराबरीमा रोकिएको छ । बराबरीसँगै टोटेनहमले मिडल्सबर्गसँग पुनः रिप्ले खेल खेल्नु पर्ने भएको छ ।

राति नै भएका खेलमा सेफिल्ड युनाइटेडले एएफसी फ्लेडलाई २–१ ले हराएर चौंथो चरणमा स्थान बनाएको छ । क्रिस्टल प्यालेस भने डर्बी काउन्टीसँग १–० ले पराजित भएको छ ।