१५ बैशाख २०८१, शनिबार
Follow Us

महासचिव डा.शर्मा सहित एनआरएन सल्लाहकार र मानार्थ परिषद सदस्यहरु वेलायतमा सम्मानित

नेपालब्रिटेन डट कम्
२१ पुष २०७६, सोमबार १९:३५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले संघको केन्द्रीय विभिन्न पदमा निर्वाचित तथा मनोनित अभियन्ताहरुलाई सम्मान गरेको छ ।

गैरआवासीय नेपाली संघ युकेले आइतवार अल्डरशटस्थित एम्पायर हलमा आयोजित एक कार्यक्रमका बीच सो सम्मान गरेको हो ।

एनआरएन यूके अध्यक्ष पुनम गुरुङले आइसिसीमा निर्वाचित महासचिव डा हेमराज शर्मा र युरोप क्षेत्रीय उपसंयोजक कृष्ण तिमसेनालाई संस्थाको तर्फबाट खादा, टाई र ब्याज प्रदान गरी सम्मान गरेकी थिइन् ।

त्यस्तै एनआरएनए युकेकी अध्यक्ष अध्यक्ष गुरुङ र संघका महासचिव डा शर्माले आइसिसी सल्लाहकार, आइसिसी सदस्य र मानार्थ परिषदमा मनोनित सदस्यहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा उपस्थित सल्लाहकार विश्वआदर्श पण्डित, अनुशासन आयोगका सदस्य सुर्य गुरुङ, आइसिसी सदस्य रामशरण सिम्खडा र मानार्थ परिषद सदस्यहरु रण केसी, विनोद ज्ञवाली, विजन भट्ट र चिरन शर्मा सम्मानित भएका थिए ।

अध्यक्ष पुनम गुरुङले विभिन्न पदमा निर्वाचित तथा मनोनित अभियन्ताहरुलाई बधाई ज्ञापन गर्दै कार्यसफलताको शुभकामना दिइन् । महासचिव फडिन्द्र भट्टराईले आगामी दिनमा सहकार्य गर्दै संस्थागत हितका लागि संगसंगै अघि बढ्ने विश्वास व्यक्त गरे ।

सम्मान कार्यक्रमकै दोस्रो चरणमा इंग्ल्याण्ड राज्य समन्वय परिषदमा मनोनित सल्लाहकारको सम्मान तथा कोअप सदस्यहरुको स्वागत गरेको थियो ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ र इंग्ल्याण्ड परिषद अध्यक्ष दिपक श्रेष्ठले टाई, ब्याज र प्रमाणपत्रसहित उनीहरुलाई स्वागत तथा सम्मान गरेका थिए ।

सल्लाहकारहरु केशव भण्डारी, कुमार श्रेष्ठ, काशीराज बोहोरा, बालकृष्ण भुसाल, विष्णु न्यौपाने, यादव श्रेष्ठ, जिवन अधिकारी, डा सुरजमणि पौडेल, शारदा गुरुङ, मिन गुरुङ , डिलाराम गौतम, परशुराम पाण्डे, सत्यप्रसाद प्रजापति, पुण्यप्रसाद रेग्मी लगायतका सल्लाहकार सम्मानित भए । कार्यसमिति सदस्यमा मनोनित रुपा र राजु बोहोरालाई स्वागत गरियो ।
यस पछि सम्पन्न नेपालमा गैरआवासीय नेपालीहरुको सम्पति र नागरिकताको अधिकार विषयमा एक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले आआफ्ना सुझावहरु राखेका थिए ।