१३ बैशाख २०८१, बिहीबार
Follow Us

आमाको हत्या अभियोगमा हलिउड अभिनेत्री मोली पक्राउ

नेपालब्रिटेन संवाददाता
२२ पुष २०७६, मंगलवार ०५:१७

लन्डन । सन् २०११ को फिल्म ‘क्याप्टेन अमेरिकाः द फस्ट एभेन्जर’ फिल्मकी अभिनेत्री मोली फिट्जगराल्डलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आमालाई छुरा प्रहार गरेको अभियोगमा मोलीलाई नियन्त्रणमा लिइएको हो ।

हलिउडड अभिनेत्री मोली फिट्जगराल्डले आफ्नी ६८ वर्षीया आमा पेट्रसिया फिट्जगराल्डको हत्या अभियोगमा अमेरिकाको कान्सास प्रहरीले नियन्त्रणमा लिएको हो । उनले नयाँ वर्षको अघिल्लो दिन आमालाई छुरा प्रहार गरेको अभियोग प्रहरीको छ। मोली फिट्जगराल्ड कि आमा पेट्रसिया फिट्जगराल्ड कान्सासस्थित घरमा मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रहरीले शंकास्पद निधन भएको भन्दै अनुसन्धान अघि बढाएको थियो। प्रहरीले शवको पोष्टमार्टम गर्दा उनलाई छुरा प्रहारबाट हत्या भएको पुष्टि भएको थियो । अभिनेत्री मोलीलाई हिरासतमा हिरासतमा राखेर हत्याको अभियोग लगाइएको छ।