१३ बैशाख २०८१, बिहीबार
Follow Us

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको लहर

नेपालब्रिटेन डट कम्
७ मंसिर २०७३, मंगलवार ०३:२३

काठमाडौं । जापानको उत्तरपूर्वी तटमा भूकम्पको शक्तिशाली धक्का महसुस गरेपछि फुकुसिमा परमाणु संयन्त्र क्षेत्रमा सुनामी आएको छ । सुनामी एक मिटर उचाइ रहेको बताइएको छ । ६ दशमल ९ रेक्टर स्केलको उक्त भूकम्प फुकुसिमाभन्दा ७० किलोमिटर टाढा जमिनदेखि ११ किलोमिटर गहिराइमा रहेको थियो ।

सन् २०११ मा आएको सुनामीका कारण उक्त परमाणु संयन्त्र पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो । आजको सुनामीले कुनै क्षति पुगेको खवर नआएपनि सुनामीको खतराको जारी रहेको बीबीसीले जनाएको छ । भूकम्पका कारण फुकुशिमाको तेस्रो रिएक्टर कुलिंग सिस्टमले काम गर्न छोडेको जापानका क्याविनेटका मुख्य सचिव योशिहिदे सुगाले बताए । तर, अहिलेसम्म तापक्रम बढ्ने संकेत देखिएको छैन । उनले स्थिति अध्ययनका लागि सरकारले एक टोली गठन गरेको जानकारी दिए ।

भूकम्पले मानवीय तथा भौतिक क्षति गरेको विवरण अहिलेसम्म कूने विवरण आएको छैन । भूकम्पका कारण राजधानी टोकियो पनि प्रभावित भएको थियो । जापान मौसमविज्ञान एजेन्सीले भूकम्प स्थानीय समय अनुसार मंगलबार विहान ६ बजे आएको जनाएको छ ।