१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘छ माया छपक्कै’ हेर्नेको वेलायतमा भिडमभाड

नेपालब्रिटेन डट कम्
२३ पुष २०७६, बुधबार ०५:१६

लन्डन । चर्चित चलचित्र निर्माता दिपकराज गिरी र दीपाश्री निरौलाको नेपाली चलचित्र ‘छ माया छपक्कै’ लाई वेलायतवासी नेपालीले मन पराए । वितरक नेप्लिज इन्टरटेनमेन्टको सकृयतमा अल्डरशटस्थित एम्पायर हलमा प्रदर्शन गरिएको चलचित्र हेर्न नेपाली दर्शकको घुइचो लागेको थियो । चलचित्र हेर्न वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा वहादुर सुवेदी अल्डरशट पुगेका थिए ।
चलचित्रमा नेपाली राजनीति र राजनैतिक दलको परिवेशलाई हास्यात्मक रुपमा प्रस्तुत गरिएकाले चलचित्र निकै रोचक भएको दर्शक मध्यका एक नरेन्द्र वस्नेतले जनाए ।

चलचित्र प्रर्दशनीमा बेलायत तथा युरोपको भ्रमणमा रहेका खलनायकको भूमिका निर्वाह गरेका कलाकार अनुराग कुँवर समेत हलमा उपस्थित भएर दर्शकहरुसंगै चलचित्र हेरेका थिए ।

दीपेन्द्र लामाद्वारा निर्देशित उक्त चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जीतु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतको अभिनय रहेको छ । कलाकार क्षेत्रीले चलचित्र ‘छ माया छपक्कै’ लगायतका दर्जनौं नेपाली चलचित्रमा अभिनय गरेका छन् ।

प्रदर्शनीकै क्रममा हालै निधन भएका कलाकार दीपक क्षेत्रीको निधनप्रति एक मिनेट मौनधारण गरिएको थियो ।