१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेल्जियममा कवि श्रेष्ठ सम्मानित

नेपालब्रिटेन डट कम्
७ मंसिर २०७३, मंगलवार ०८:१९

बेल्जियम । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले बरिष्ठ साहित्यकार तथा संस्कृतिकर्मी कवि तीर्थ श्रेष्ठको सम्मानमा हिजो २१ नोभेम्वरका दिन यहाँस्थित लुभेनमा एक कार्यक्रमको आयोजना गर्यो ।
कार्यक्रममा सम्मान ग्रहण गर्दै कवि श्रेष्ठले प्रवासमा रहने नेपालीहरुको हृदयमा नै राष्ट्रियता रहिरहने तथा भाषाको संरक्षणले साँस्कृतिक पहिचानलाई जीवन्त तुल्याउने हुदा विदेशमा नेपालीहरुको भाषाप्रतिको सचेतना तथा सक्रियताको प्रशंसा गर्नुभयो ।
कार्यक्रमका अतिथी एनआरएन बेल्जियमका अध्यक्ष गँगाधर गौतमले साहित्यकार तथा भाषासेवीहरु राष्ट्रका सम्पत्ति हुने हुँदा संसारमा जहाँ पुगेपनि सम्मानित हुनुपर्ने संस्कारको विकास जरुरी रहेको उल्लेख गर्नुभयो । विदेशी माटोमा सर्जकहरुको उपस्थितिले आफूहरुलाई देशप्रतिको जिम्मेवारीप्रति थप जागरुक तुल्याएको बताउदै उहाँहरुको उपस्थिति सधै प्रेरणाप्रदः रहने बताउनु भयो ।
सभापतिको आसनबाट अनेसास बेल्जियमका अध्यक्ष दीपकज्योति पौडेलले अनेसासको विकासक्रम र सक्रियतावारे चर्चा गर्दै कवि श्रेष्ठलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रम निवर्तमान अध्यक्ष दीपेन्द्र के.सी.को स्वागत र महासचिव परमानन्द सापकोटाको सँचालनमा सम्पन्न भएको थियो ।
सोही अवसरमा संरक्षण कविता आन्दोलन यूरोपको तर्फबाट पनि कवि श्रेष्ठलाई संयोजक दीपेन्द्र के.सी, सदस्य सचिव विष्णु सापकोटा, एनआरएन बेल्जियम अध्यक्ष गँगाधर गौतम, कवि—मुक्तककार बिमल गिरीले संयुक्त रुपमा सम्मान पत्र समर्पण गर्नुभएको थियो ।