१३ बैशाख २०८१, बिहीबार
Follow Us

गोल्डेनसिपमा दोहोरी धमका हुदैं

नेपालब्रिटेन डट कम्
२३ पुष २०७६, बुधबार २१:१८

लण्डन । ह्यारोस्थित गोल्डेनसिप नेपाली रेष्टुरेन्टमा दोहोरी साँझको आयोजना गरिएको छ ।

बेलाबेलामा नेपालका राष्ट्रिय कलाकारलाई बोलाएर रमाइलो जमघटको आयोजना गर्ने सो रेष्टुरेन्टले आगामी शुक्रवार पनि नेपाली राष्ट्रिय कलाकारहरुलाई आमन्त्रण गरेको छ ।

साँझ ८ बजे देखी शुरु हुने दोहोरी धमकामा गायकद्धय तारा श्रीस र तिलक गुरुङ्गको प्रस्तुती रहने रेष्टुरेन्ट संचालक देव गुरुङ्गले जनाए ।

श्रीसले पछिल्लो समयमा झोर्ले, हितको माया, गोर्खा मनकामना लगायतका गीतले चर्चामा छन् भने तिलक गुरुङ्ग समेत नेपाली लोकक्षेत्रका उदयमान कलाकार हुन् ।

गुरुङ्गले वेलायतस्थित नेपाली समुदायलाई रमाइलो गर्न आउनको लागि आग्रह गरेका छन् ।