१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल र अष्ट्रेलिया बीच हवाई सम्झौताको तयारी

नेपालब्रिटेन डट कम्
२३ पुष २०७६, बुधबार २१:४४

लण्डन । अष्ट्रेलियाको प्रमुख शहर सिड्नीमा विविध कार्यक्रमहरू गरी अष्ट्रेलियाबाट नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिएको छ । मंगलवार सिड्नी शहरको प्रमुख पर्यटकीय केन्द्र‘सर्कुलर की’ मा यस राजदूतावासद्वारा न्यु साउथ वेल्सका लागि अवैतनिक नेपाली महावाणिज्यदूतावास र गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियासँगको सहकार्यमा आयोजना गरिएको नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ कार्यक्रममार्फत नेपाल सरकारका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले अष्ट्रेलियाबाट नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिएको नेपाली दुतावासले जनाएको छ ।

उक्त कार्यक्रममा न्यु साउथवेल्स राज्यका संसदका सभामुख मा। जोनाथन ओडी, पूर्व प्रिमियर मा। नेथन रिज, अष्ट्रेलियाको परराष्ट्र मन्त्रालयका प्रतिनिधिलगायत अष्ट्रेलिया सरकारका उच्चपदस्थ अधिकारीहरू, स्थानीय अष्ट्रेलियन नागरिकहरू, नेपाली समुदायका प्रतिनिधिहरू, पत्रकार र अष्ट्रेलियामा रहेका नेपालीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको औपचारिक उद्घााटनपछि बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय योगेश कुमार भट्टराईले अष्ट्रेलियामा आगलागीले पुर्यापएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका थिए । उनले प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताको धनी नेपालमा सबै खाले पर्यटकका लागि पर्यटकीय गन्तव्यहरू रहेको र नेपाल सरकारद्वारा पर्यटन पूर्वाधारको विकासमा जोड दिएका थिए ।

सो अवसरमा बोल्दै न्यु साउथवेल्स राज्यका संसद जोनाथन ओडी र पूर्व प्रिमियरमा नेथन रिजले नेपाल र अष्ट्रेलियाबीच सुमधुर सम्बन्ध रहेको बताए ।

रिजले आफू यसै वर्ष मार्च महिनामा नेपाल भ्रमण गर्न लागेको र उक्त भ्रमणप्रति निकै उत्साहित रहेको उल्लेख गर्दै उपस्थित सहभागीहरूलाई पनि नेपाल भ्रमण गर्न अनुरोध गरे ।
कार्यक्रमको औपचारिक समापनपछि सर्कुलर किबाट ओपेराहाउससम्म पैदलयात्रा गरी नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गरिएको थियो ।

त्यसैगरी, नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भको अवसरमा सोही साँझ नेपाल भ्रमण वर्ष २०२० का विविध पक्षहरूको बारेमा जानकारी दिने उद्धेश्यले न्यु साउथवेल्स राज्यको संसद भवनमा एक कार्यक्रमकोआयोजना गरिएको थियो ।

कार्यक्रममा विशेष मन्तव्य राख्नुहुँदै संस्कृति, पर्यटनतथा नागरिक उड्डयनमन्त्री माननीय योगेश कुमार भट्टराई पर्यटक भित्र्याउन मात्र नभई उनीहरूको नेपाल बसाइलाई अझ सुरक्षित र आरामदायी बनाउन जोड दिए ।

मन्त्री भट्टराईले नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौता भइसकेको उल्लेख गर्दै सीधा हवाई उडानका लागि पहल भइरहेको जानकारी दिए ।
कार्यक्रममा बोल्दै अष्ट्रेलिया सरकारका पूर्व अध्यागमनमन्त्री फिलिप रडकले नेपाललाई आवश्यक परेको बेला सहयोग गर्न तत्पर रहेको बताए ।

अष्ट्रेलियाको परराष्ट्र मन्त्रालयका सहायक सचिव पल वोजेक्सीले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध ६० औं वर्षसम्म आइपुग्दा अझ मजबुत भएको बताए ।
कार्यक्रममा मिस अष्ट्रेलिया २००७, क्यारोलिन पेम्बर्टन र ५० पटकभन्दा बढी नेपाल भ्रमण गरेका क्रिस वाकरले नेपाल भ्रमणको आफ्नो सुखद अनुभव सेयर गरे ।
सो अवसरमा शब्दमाला नेपाली पाठशालाका बालबालिकाहरू र अन्य कलाकारहरूले सांस्कृतिक परेड एवं नेपाली नृत्यहरू प्रस्तुत गरेका थिए ।