१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कुल आचार्यद्वारा एनआरएनए विशेष अधिवेशन बोलाउन माग

sarusaru
२४ पुष २०७६, बिहीबार ०३:३४

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान उपाध्यक्ष कुल आचार्यले संघको विशेष अधिवेशन बोलाउन माग गरेका छन् । मंगलबार अपराहृन लन्डनमा पत्रकारहरुसाग अन्तरक्रिया गर्दै आचार्यले गत अक्टोबरमा काठमाडौँमा सम्पन्न संघको नवौं विश्व सम्मेलनले आर्थिक र संगठनिक प्रतिवेदन पारित नगरेकाे उल्लेख गर्दै विशेष अधिवेशन बोलाएर टुंग्याउन माग गरेका हुन् ।

‘आर्थिक र सांगठनिक प्रतिवेदन पारित नहुनुले हाम्रो संस्थाको गरिमामाथि नकारात्मक असर पर्नुका साथै विभिन्न अनियमितताका समाचारहरू बाहिर आइरहेका छन् । सन् २०१८ मा आयोजित विश्व ज्ञान सम्मेलनमा काटिएको टिकट तथा होटेल बुकिङको हिसाब सार्वजनिक गरिएको छैन’, विशेष महाधिवेशनको माग गर्दै आचार्यले भने, ‘त्यस्तै म उपाध्यक्ष हुँदा संस्थामा २, २ जना सीईओ राख्दा संस्थाले धान्न सक्दैन भनेर मैले उठाएको विषय अहिले पनि रेकर्डमै छन् । सभा, सम्मेलनहरुको आयोजनामा पनि पारदर्शिता कायम गरिएको छैन ।’

 
आचार्यले आईसीसीको हालै बसेको भनिएको बैठककोबारे पनि प्रश्न उठाएका छन् । बैठकले गरेको मनोनयन एकपक्षीय र पूर्वाग्रहपूर्ण भएको भन्दै उनले त्यसमाथि प्रश्न उठाएका हुन् ।

‘क्षेत्रीय संयोजक (आरसी) हरूले गरेको सिफारिसलाई बेवास्ता गरी आफ्ना नजिकका मानिसहरुलाई मनोनयन गर्ने काम संस्थाको हितमा छैन। यस्तो कामले संस्थालाई अरू कमजोर बनाउने निश्चित छ’, उनले भने ।

लाखौं एनआरएनहरूको श्रम र पसिनाले संस्था स्थापित भएको उल्लेख गर्दै उनले यसको साख जोगाउन सबैले खबरदारी गर्नुपर्ने बताए ।

आचार्यलले विदेशमा रहेका नेपालीहरूको हितबारे एनआरएनएको वर्तमान नेतृत्वले नसोचेको भन्दै यसप्रति पनि असन्तुष्टि जनाए । संसारभरि बसोबास गरिरहेका गैरआवासीय नेपालीहरूले नेपालस्थित आफ्नो सम्पत्ति कसरी सुरक्षित रहन्छ र सर्वसुलभ ढंगले कसरी गैरआवासीय नेपाली नागरिकता पाउन सकिन्छ भनेर चासो राखे पनि यसमा एनआरएनएको वर्तमान नेतृत्वले चासो नदिएको आचार्यको भनाइ छ । संसद् अधिवेशन सुरु भइसकेको अवस्थामा एनआरएनएको नेतृत्व मौन रहनु खेदजनक रहेको आचार्यको टिप्पणी छ।

आचार्य अघिल्लो कार्यकालमा उपाध्यक्ष थिए । गत अक्टोबरमा सम्पन्न एनआरएनए चुनावमा अध्यक्ष पदमा प्रतिस्पर्धा गरे पनि उनी कुमार पन्तसँग पराजित भएका थिए। उनले काठमाडौमा सम्पन्न एनआरएनए चुनावमा अनियमितता र धााधली भएको आरोपसमेत लगाउादै आइरहेका छन् ।

अनलाइनखबर