७ बैशाख २०८१, शुक्रबार
Follow Us

बर्मिघममा काउली बुढीले प्रस्तुती दिने

नेपालब्रिटेन डट कम्
२४ पुष २०७६, बिहीबार १४:४१

लण्डन । पछिल्लो पुस्तामा निकै लोकप्रिय काउली बुढी (सन्ध्या बूढा) ले आफ्नो प्रस्तुती दिने भएकी छन् ।

नेपाल आइडलको अडिसनमा ‘काउली बूढी’ का रूपमा देखापरे पछि चर्चाको शिखरमा आएकी बूढाले आगामी सोमवार बर्मिघममा आयोजित एक च्यारिटी कार्यक्रममा सहभागी हुने भएकी हुन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) मानार्थ सदस्य एबम नेपाली ‌समाज नटिगमका संस्थापक अध्यक्ष,रण केसीका अनुसार कार्यक्रममा नयाँ वर्ष शुभकामना कार्यक्रममा उनी सहभागी हुन लागेकी हुन् । केसीले कार्यक्रममा सहभागिताका लागि बेलायतवासी नेपाली समुदायसँग अनुरोध गरेका छन् ।

राई हलमा आयोजित कार्यक्रममा लोकदोहोरी कलाकारद्धय सृजु अधिकारी, भिम पौडेल लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

युट्युबमा ‘काउली बूढी सो’ चलाउँदै आएकी छन् ।