कृष्ण भण्डारीको “मलाई हैन तिमीलाई सुखी” सार्बजनिक(भिडियो सहित)

  २४ पुष २०७६, बिहीबार १९:१५ मा प्रकाशित

काठमाडौँ । गायक तथा संगीतकार कृष्ण भण्डारीको नयाँ गीत “मलाई हैन तिमीलाई सुखी”को म्युजिक भिडियो बुढा सुब्बा डिजिटल मार्फत सार्बजनिक भएको छ । पुष्प अन्जान र पृथिबी पुत्रको शब्द तथा गायक संगीतकार कृष्ण भण्डारीको आफ्नै संगीत रहेको गितको भिडियोलाई आवेश बज्राचार्यले छायांकन गरेका छन् भने निर्देशक प्रहिल कार्कीले आकर्षक ढंगले निर्देशन गरेका छन् ।

माया प्रेम तथा धोकाको संयोजनमा तयार पारिएको म्युजिक भिडियोमा मोडल सुजना बर्देवा, मोडल रमेश लुईटेल र मोडल सुनिल श्रेष्ठलाइ फिचर्ड गरिएको छ । अन्जिता कंडेलको कोरियोग्राफी तथा कथा रहेको भिडियोमा राज पाण्डेको मेकअप रहेको छ । भजन सम्राटको रुपमा प्रख्यात गायक कृष्ण भण्डारीको दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक बजारमा सार्बजनिक भईसकेको छ । म्युजिक भिडियोलाइ निर्माता हेमन्त भट्टराईले निर्माण गरेका हुन् ।

प्रतिक्रिया