१९ बैशाख २०८१, बुधबार
Follow Us

संविधान संशोधन प्रक्रिया अगाडि बढाइने

नेपालब्रिटेन डट कम्
७ मंसिर २०७३, मंगलवार ०९:४५

जनकपुरधाम । नेपाली काँगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति कायम गरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाइने बताउनुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले सङ्घीयता, लोकतन्त्र एवम् समावेशिता जस्ता महत्वपूर्ण उपलब्धिलाई गुमाउने मूर्खता कसैले पनि गर्न नहुने बताउनुभयो ।

उहाँले संवादको माध्यमले संविधानको संशोधन र कार्यान्वयन गरी सङ्घीयता र गणतन्त्रलाई सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । “राष्ट्रका समस्याको टुङ्गो लगाई यथाशीघ्र स्थानीय र प्रदेशको चुनावतर्फ ध्यान जानुपर्छ”,उहाँले भन्नुभयो ।