१३ बैशाख २०८१, बिहीबार
Follow Us

विश्वको शक्तिशाली पासपोर्टमा नेपाल १०१ औं स्थानमा, जापान पहिलो

नेपालब्रिटेन डट कम्
२४ पुष २०७६, बिहीबार १९:३०

लन्डन । विश्वको शक्तिशाली पासपोर्टमा नेपाली पासपोर्ट १०१ औं स्थानमा परेको छ । सन् २०२० का लागि बुधबार हेनली पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको वरियतामा नेपाल १०१ औं स्थानमा परेको हो ।

नेपाल वरियतामा पुछारबाट छ स्थानले मात्र माथि रहेको छ । नेपालले घुमफिरको सहजताका आधारमा ३८ अंक प्राप्त गर्दै उक्त स्थान हासिल गरेको हो । नेपालभन्दा कमजोर पासपोर्ट भएका देशहरुमा लिबिया, यमन, पाकिस्तान, सोमालिया, सिरिया, इराक र अफगानिस्तान छन् ।

दक्षिण एशियामा नेपाली पासपोर्ट पाकिस्तान र अफगानिस्तानको भन्दा मात्र बलियो छ । भारतले ५८ अंक प्राप्त गर्दै ८४ औं स्थान हासिल गरेको छ । दक्षिण एशियामा सबैभन्दा शक्तिशाली पासपोर्ट मालदिभ्सको रहेको छ । उसले ६१ औं स्थान बनाउन सफल भएको छ । भुटानको ८९ औं स्थान छ ।
जापानको पासपोर्ट विश्वकै शक्तिशाली रहेको छ । उसले १९१ औं अंक प्राप्त गरेको छ । सिंगापुरले दोस्रो, जर्मनी र दक्षिण कोरियाले तेस्रो स्थान हासिल गरेका छन् ।

लण्डन केन्द्रित हेनली एन्ड पार्टनर्सले हरेक वर्ष विश्वभरको पासपोर्ट इन्डेक्स सार्वजनिक गर्दै आएको छ ।