१५ बैशाख २०८१, शनिबार
Follow Us

खुमबहादुरले सनातन हिन्दू महाअभियान थाल्ने

नेपालब्रिटेन डट कम्
७ मंसिर २०७३, मंगलवार १२:३५

काठमाडौं । पार्टीको उपसभापति पाउने देउवाको आश्वासनमा लागेर खुमबहादुर खड्काले शेरबहादुर देउवालाई सभापतिमा जिताए । देउवा सभापति भएको लामो समयसम्म पनि आफूलाई उपसभापति बनाउने निर्णय नगरेपछि खड्काले गत साता सभापति देउवासँग भेट गरेका थिए । भेटमा उनले स्वास्थ्योपचार र पार्टीका पदाधिकारीको मनोनयनका बारेमा चासो राखेका बताइएको छ । भेटपछि जीवन ठूलो गल्ती गरिएछ भनेर खड्का आफ्ना मित्रमण्डलीमा गुनासो गर्न थालेको चर्चा छ ।
अव महामन्त्री डा. सशांक कोइराला र खड्काले हिन्दूवादी समूहसँग मिलेर आफ्नो वास्तविक शक्ति देखाउने तयारी गरेका छन् । संगठन र राजनीतिक भविष्य खोज्नकै लागि उनले मंसिर १५ गते प्रज्ञा प्रतिष्ठानमा सनातन हिन्दू महाअभियानको थालनी गर्ने भएका छन् । ‘हिन्दू राष्ट्र बनाऔं, नेपाल बचाऔं’ भन्ने नारा तय भइसकेको बताइएको छ ।
खड्काले हिन्दूत्व जगाउन र हिन्दूत्वकै माध्यमबाट आफूलाई कांग्रेसको प्रभावशाली नेतृत्वमा चम्काउने रणनीति खड्काले लिएको कतिपयको विश्लेषण छ ।