१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए यूकेको च्यारिटी विभागमा को को छन् ?

नेपालब्रिटेन डट कम्
२६ पुष २०७६, शनिबार ११:१३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको च्यारिटी विभागले पुर्णता पाएको छ । एनआरएनए यूके उपाध्यक्ष एवम् च्यारिटी विभागका संयोजक सुनिलबाबु खड्काले विभागमा सदस्य र सल्लाहकार मनोनित गर्दै पुर्णता दिएका हुन् ।
संयोजक खड्काका अनुसार विभागमा सदस्यसचिव, ९ सदस्य र ७ सल्लाहकार मनोनित गरिएको छ ।
जसअनुसार पत्रकार नरेन्द्र बस्नेतलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ भने हेम गुरुङ, खेमराज जोशी, देव तामाङ, दिपक खड्का, भिमसेन खड्का, रुपेश राउत, वल्लभ गुरुङ, माया केसी र प्रतिमा जोशी सदस्य मनोनित भएका छन् ।

त्यसैगरी विभागको सल्लाहकारमा मेजर कृष्ण गुरुङ, आशबहादुर गुरुङ, विक्रम भट्टराई, रमेश बाँस्तोला, नारायण फुँयाल, कुमार केसी र शंकर भण्डारीलाई मनोनित गरिएको छ ।

एनआरएनए यूके उपाध्यक्ष एवम् च्यारिटी विभागका संयोजक खड्काले विभागको बैठक सम्पन्न भए पछि वेलायतमा यो वर्ष एक च्यारिटी कार्यक्रमको आयोजना गर्ने जानकारी दिए ।