४ बैशाख २०८१, मंगलवार
Follow Us

कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

नेपालब्रिटेन डट कम्
२७ पुष २०७६, आईतवार १२:४२

नातिबाबु भट्ट । कोलोराडो, अमेरीका । रक्तदान जिवनदान भन्ने विश्वब्यापी मुलनारालाई आत्मा साथगर्दै शनीवार कोलोराडोको बोल्डर स्थित रक्तसंचार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न भयो ।
लङमन्ट हिमालयज् लायन्स क्लव र ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टरको संयूक्त आयोजनामा संम्पन्न कार्यक्रममा ६ जनाले रक्तदान गरेका छन् ।

रक्तदान जिवनदान भन्ने मान्यतालाई मनन गर्दै यसरी रक्तदान गर्नेहरुमा बिकल पराजुली, रिपेन्द्र कार्की, रोशन श्रेष्ठ, बिना श्रेष्ठ, संजय प्रधान, शिजेन श्रेष्ठ रहेका छन् । कार्यक्रममा ब्लड डोनर्स अफ अमेरीका माउण्टेन रिजन संयोजक भुषणलाल श्रेष्ठ, लङमन्ट हिमालयज् लायन्स क्लबका अध्यक्ष जोशन श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टर संयोजक श्रीराम लुईटेल लगायतका ब्याक्तिहरुको उपस्थिती रहेको थियो ।

रक्तदान गर्न ईच्छुक धेरै जना भएपनि अमेरीकी नियम अनुसार रक्तदान गर्न अमेरीकामा बस्न थालेको ३ बर्ष हुनुपर्ने तथा एकबर्ष भित्र देश बाहिर मलेरिया प्रभाबित क्ष्ँेत्रमा गएको भए अमेरिका फर्केको एकबर्ष पछि मात्र योग्य ठहरिने छ । त्यसैले गर्दा धेरैजना रक्तदान गर्न अयोग्य ठहरिएका थिए ।

कोलोराडोमा संकलन भएको रगत कोलोराडो भित्रै खपत हुने रक्त संचारका कर्मचारीहरु बताए । कुनै पनि ब्यक्तिको शरिरबाट निकालिएको रगत ४२ दिन सम्म मात्र प्रयोग गर्न सकिन्छ ४२ दिन पछि त्यो रगत काम नलाग्ने हुदा कुनै बेला खपत हुन नसकि फाल्नु पर्ने अवस्था आयो भने मात्र स्टेट बाहिर पठाइने उनिहरुले बताएका छन् ।

कोलोराडोमा ब्लड डोनर्स अफ अमेरीकाले यहां सक्रिय रहेका संघ संस्थाहरु संग मिलेर हरेक महिना रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । त्यसैगरी आगामी जुलाई १७ देखी १९ सम्म कोलोराडोको डेनवर्क शहरमा सोसाईटी अफ अमेरीकन नेप्लीज नर्स (SANN) र ब्लड डोनर्स अफ अमेरीका (BDA)को संयूक्त सम्मेलन हुनलागेको सम्मेलनका संयोजक भुषणलाल श्रेष्ठले बताएका छन् ।