७ बैशाख २०८१, शुक्रबार
Follow Us

राजकुमार ह्यारी र मेगनको इच्छामा बेलायती महारानीको समर्थन

नेपालब्रिटेन संवाददाता
२९ पुष २०७६, मंगलवार ०४:४२

लन्डन । बेलायती महारानी एलिजाबेथले आफ्ना नाती राजकुमार ह्यारीको त्यो निर्णयमा समर्थन जनाएकी छन् । राजकुमार ह्यारी श्रीमती मेगनसहित शाही परिवारको भूमिकाबाट अलग्गिएर स्वतन्त्र रुपमा क्यानडा र बेलायतमा समय बिताउन चाहेको घोषणा गरेका थिए ।

त्यसबारेमा निर्णय गर्न बेलायती महारानीले सोमबार परिवारका सदस्यहरुसँग बैठक डाकेकी थिइन् । महारानी एलिजाबेथले आफूले राजकुमार ह्यारी र उनकी श्रीमती मेगनको इच्छालाई पूर्ण रुपमा समर्थन गरेको तर यी दुई शाही परिवारको पूर्णकालीन सदस्य पनि बनेको खण्डमा स्थिती थप सहज हुने बताएकी छिन् । भोलिका दिनमा यसबारे पनि निर्णय लिइने कुरामा आफू आशावादी भएको उनले बताएकी छिन् ।

यसैबीच बेलायतका राजकुमार विलियम र राजकुमार ह्यारीले आफूहरुबीचको सम्बन्ध अप्ठेरो अवस्थाबाट गुज्रिएको भन्ने विवरण अस्विकार गरेका छन् । पूर्वी इङ्गल्यान्डस्थित महारानी एलिजाबेथको सन्ड्रिङ्ग्घम इस्टेटमा शाही सम्मेलन भएको थियो ।