१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बार्सिलोनाद्वारा प्रशिक्षक भाल्भार्डे बर्खास्त

नेपालब्रिटेन संवाददाता
२९ पुष २०७६, मंगलवार ०४:४६

लन्डन । बार्सिलोनाले मुख्य प्रशिक्षक अर्नेस्टो भाल्भार्डेलाई बर्खास्त गरेको छ । उनको स्थानमा रियल बेटिसका पुर्व प्रशिक्षक क्वेक सेटिन नियुक्त भएका छन् । ५५ बर्षका भल्भर्डेले दुई स्पेनिस लिगको उपाधि जिताउन सफल भएका थिए ।

उनले बार्सिलोनालाई स्पेनिस लिगको शीर्ष स्थानमा राख्न समेत सफल थिए । तर च्याम्पियन्स लिगको फाइनल पुग्न टिम असफल बनेको थियो । ६१ बर्षमा सेटिनले सन् २००५ मा कोपा डेल रेको सेमिफाइनल पुग्दै टिम छाडेका थिए ।

बार्सिलोनाले सेटिनसँग साढे २ बर्षको सम्झौता गरेको छ । गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलको खेलमा लिभपुरसँग पराजित भएपछि भाल्भार्डे दबाबमा परेका थिए । पहिलो लेगमा ३–० ले जितेपनि दोस्रो सम्हालिन नसक्दा उनी बर्खास्तीको सूचिमा उक्लिएका थिए ।

उनी कोपा डेल रेको फाईनलमा भ्यालेन्सियासँग पराजित समेत भएका थिए । बार्सिलोना गत सातामात्र सुपरकपको सेमिफाइनलबाटै बाहिरिएको थियो । जसले भाल्भार्डेलाई बर्खास्तीको निर्णयसम्म पुर्‍याएको हो ।