७ बैशाख २०८१, शुक्रबार
Follow Us

दक्षिण कोरियामा पाँचथरका विवेकले गरे झुण्डिएर आत्महत्या

नेपालब्रिटेन संवाददाता
२९ पुष २०७६, मंगलवार ०५:०८

सिओल । ईपीएसमार्फत दक्षिण कोरिया पुगेका पाँचथरका विवेक राईले आत्महत्या गरेका छन् । दुई बर्षअघि रोजगारको सिलसिलामा कोरिया पुगेका पाँचथर फिदिम नगरपालिका २ का राईले झुण्डिएर अत्महत्या गरेको बताइएको छ ।

कोरियाको दक्षिणी भाग छाङ स्थित उमसिमा बङ्गुर फार्ममा काम गर्दै आएका उनले गएराति अत्महत्या गरेको बताइएको छ । दिउसोभर फर्ममा काम गरेर साँझ कोठा फर्किएर सुतेका राई विहान सुतेकै कोठामा झुण्डिएको अवस्थामा भेटिएको कम्पनीले जनाएको छ ।

उनको शव अनुसन्धानपछि नेपाल ल्याइने दक्षिण कोरियास्थित नेपाली दूतावासले जनाएको छ ।