११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए वेल्स राज्य समन्वय परिषदद्वारा सल्लाहकार चयन

नेपालब्रिटेन डट कम्
२९ पुष २०७६, मंगलवार १८:२५

लण्डन । गैरआवासीय नेपाली संघ यूके राज्य समन्वय परिषद वेल्सले सदस्य र सल्लाहकारहरु मनोनित गरेको छ ।

आइतबार बसेको राज्य परिषद् बैठकले मेमराज न्यौपाने र दीपक सुव्वालाई सदस्य तथा बद्री योङया, मेजर रिटायर्ड खुसीमान गुरुङ एमभीओ, निरलाल मोक्तान, इन्द्रप्रसाद गुरुङ, मतिप्रसाद पुन र बाबुराम न्यौपानेलाई सल्लाहकारमा मनोनित गरेको हो ।

त्यस्तै, राज्य समन्वय विभागमा बलराम अधिकारी, व्यवसाय विभागमा मेमराज न्यौपानेलाई मनोनित गर्ने निर्णय गर्दै अन्य विभागका बारेमा निर्णय गर्ने अधिकार वेल्स अध्यक्ष कृष्ण भण्डारीलाई दिएको छ ।

बैठकका निर्णयहरु-

गैर-आवासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद, वेल्सको २०१९/२१ कार्यसमितिको दोश्रो बैठक किंग्स हेड होटेल, आभारगाभेनीमा सँस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षता तथा राज्य समन्वय परिसद, वेल्सका प्रमुख संरक्षक रामचन्द्र पोखरेलको आतिथ्यमा बसी विभिन्न निर्णयका साथ सम्पन्न भएको छ।

प्रस्ताव एबं निर्णय नम्बर १:

राज्य समन्वय परिसद, वेल्सले यस कार्यकालमा हालसम्म भए गरेका संस्थागत कामहरुप्रति समिक्षा गर्दै गैर-आवासीय नेपाली संघलाई बिदेशमा बसोबास गर्ने प्रत्येक नेपालीको हितका लागि काम गर्न राष्ट्रिय, अन्तरास्ट्रिय एबं अन्य राज्य समन्वय परिसदहरुसंग हातेमालो गर्दै आफ्नो तर्फबाट सकेको पहल गर्ने निर्णय भयो।

प्रस्ताव एबं निर्णय नम्बर २:

राज्य समन्वय परिसद, वेल्सका प्रमुख संरक्षक तथा राष्ट्रिय समन्वय परिसद बेलायतका उपाध्यक्ष रामचन्द्र पोखरेलले राष्ट्रिय समन्वय परिसद बेलायतको नयाँ कार्यसमिति निर्बाचन पश्चात भए गरेका कामहरुबारे जानकारी गराउनु भयो।

प्रस्ताव एबं निर्णय नम्बर ३:

राज्य समन्वय परिसद, वेल्सको मनोनित सदस्य एबं सल्लाहकारहरुमा निम्नानुसार मनोनित गर्ने निर्णय भयो।

मनोनित सदस्यहरु:

मेमराज न्यौपाने र दीपक सुब्बा

मनोनित सल्लाहकारहरु:

बद्रि योङया

मेजर रिटायर्ड खुशीमान गुरुङ ‘एमभीओ’

निरलाल मोक्तान

इन्द्रप्रसाद गुरुङ

मतिप्रसाद पुन

बाबुराम न्यौपाने

बाँकि रहेको एक मनोनित सदस्य आगामी बैठकमा पूर्णता दिने तथा सल्लाहकारको हकमा आबश्यकता अनुसार परिपूर्ति गर्ने निर्णय भयो।

गत सेप्टेम्बरको चुनाबबाट सर्बसम्मत निर्वाचित कार्यसमिति निम्नानुसार छ-

अध्यक्ष – कृष्णप्रसाद भण्डारी

उपाध्यक्ष – अमृत घले

सचिव – प्रकाश कंडेल

सहसचिव- संजीभ मैनाली

कोषाध्यक्ष – विभूषणमान श्रेष्ठ

सहकोषाध्यक्ष – शोभा राणा पोखरेल

सदस्यहरु:

खिम क्षेत्री

बलराम अधिकारी

जीवन केसी

रामेश्वोर देबकोटा

प्रस्ताव एबं निर्णय नम्बर ४:

राष्ट्रिय समन्वय परिसद, बेलायतको विभागीय प्रतिनिधि माग भए बमोजिम निम्नानुसारका प्रतिनिधिहरुलाई राज्य समन्वय परिसद, वेल्सको प्रतिनिधित्व गर्ने गरि सिफारिस गर्ने निर्णय भयो।

राज्य समन्वय विभाग: बलराम अधिकारी

बिजिनेस विभाग: मेमराज न्यौपाने

बाँकि विभागमा मागलाई मध्यनजर गर्दै कार्यसमितिको सुझाब बमोजिम आबश्यक निर्णय लिन अध्यक्ष कृष्ण प्रसाद भण्डारीलाई अनुरोध गरियो।

प्रस्ताव एबं निर्णय नम्बर ५:

सँस्थाका कोषाध्यक्ष विभूषणमान श्रेष्ठले सँस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभयो।

प्रस्ताव एबं निर्णय नम्बर ६:

राज्य समन्वय परिसद, वेल्सको भाबी कार्ययोजना सम्बन्धि छलफल हुँदा सदस्य महानुभावहरुमा देखिएका विभिन्न जनगुनासाहरुलाई सम्बोधन गर्न तथा बिभिन्न जनमुखी कार्यक्रमहरु तय गर्ने तथा अन्य आबश्यकीय कार्यहरु गर्दै अगाडी बढ्ने निर्णय भयो।