१३ बैशाख २०८१, बिहीबार
Follow Us

कुवेतमा नेपाल फर्किन ठिक्क परेकी नेपाली चेलीको मृत्यु

नेपालब्रिटेन डट कम्
२९ पुष २०७६, मंगलवार १८:३४

कुवेत । रोजगारीका लागि कुवेत आएकी एक नेपाली चेलीको मृत्यु भएको छ । घरेलु कामदारका रुपमा कार्यरत मोरङ, लेङटाङकी कुमारी राजवंशीको बिहीवार बिहान उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो।

मृतक कुमारी नेपाल फर्कने तयारीमा थिइन् । सुरुमा हाउसमेडमा आएकी उनी पछिल्लो समय गैरकानुनी रुपमा अन्यत्र काम गर्थिन् । अवैधानिक भएकोले उनी पछिल्लो समय डिपोर्टेशन मार्फत घर फर्कन आप्रवासी सेल्टरमा थिइन् । सेल्टरमै भएको बेला उनी गत नोभेम्बर ५ तारिखका दिन एक्कासी बेहोस भएकी थिइन् ।

बेहोस भएकी उनलाई तत्कालै स्थानीय फर्वानिया अस्पतालमा पुर्‍याइएको थियो । चेकजाँच गर्दा मृगौला, पिसाब र छातीमा समस्या देखिएपछि उनको आइसीयु कक्षमा उपचार भैरहेको थियो ।