१५ चैत्र २०८०, बिहीबार
Follow Us

पुनर्संरचना आयोगको अन्तिम अल्टिमेटम

नेपालब्रिटेन डट कम्
८ मंसिर २०७३, बुधबार ०५:२३

काठमाडौं । स्थानीय तहको पुनर्संरचना गर्न गठित आयोगले प्रतिवेदन आउन बाँकी जिल्लालाई प्रतिवेदन बुझाउन अन्तिम अल्टिमेटम दिएको छ। आयोगले बुधवार अर्थात् आजसम्म प्रतिवेदन बुझाउन बाँकी सम्पूर्ण जिल्लाहरुलाई अल्टिमेटम दिएको हो । भोलीदेखि हस्तक्षेप गरेर भएपनि अन्तिम प्रतिवेदन तयार पारिने आयोगले जनाएको छ। कार्तिक २० गतेसम्ममा प्राप्त भइसक्नुपर्ने प्रतिवेदनहरु हालसम्म पनि उपलब्ध नभएपछि आयोग पछिल्लो निष्कर्षमा पुगेको आयोगका पदाधिकारीहरुले बताएका छन्। मध्य तराईका ८ जिल्ला लगायत १३ वटा जिल्लाको प्रतिवेदन हालसम्म आयोगले पाएको छैन। स्थानीय निकायको पुनर्संरचनाको काम भइरहँदा देशका विभिन्न जिल्लामा झडप, अनशन र बन्द भएका खबरहरु बाहिर आइरहेका छन्। कतिपय जिल्लामा प्राविधिक सहयोग समितिले पठाएका प्रतिवेदनको समेत विरोध भएको छ। तर स्थानीय तहको पुनर्संरचना गर्न बनेको आयोग भने आफ्नो प्रतिवेदन बुझाउने समय घर्किँदै गएको भन्दै विवादित र प्रतिवेदन आउन बाँकी रहेका जिल्लामा आफ्नो अधिकार प्रयोग गर्ने योजनामा जुटेको छ ।