१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सत्तारूढ दल र सङ्घीय गठबन्धनबीच बैठक

नेपालब्रिटेन डट कम्
८ मंसिर २०७३, बुधबार ०५:३१

काठमाडौं । सत्तारुढ गठबन्धनले संविधान संशोधनको विषयमा मधेसी मोर्चासहितको संघीय गठबन्धनसँग छलफल गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनका नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । सत्तारुढ गठबन्धन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संघीय गठबन्धनसँग छलफल गरी संविधान संशोधनको साझा प्रस्ताव तयार पार्न कोसिस गरिने बताएका छन् । संशोधन प्रस्तावको मस्यौदामा गठबन्धन तयार नभए एकतर्फी रुपमा अघि बढ्ने कांग्रेस र माओवादी केन्द्रको तयारी छ । मोर्चासँग सहमति जुटे आजै संशोधन प्रस्ताव अघि बढाउने योजनामा सरकार रहेको छ । गठबन्धनका केही नेताहरुले भने आफूहरुसँग सहमति नगरी ल्याइने संशोधन प्रस्तावको कुनै अर्थ नहुने बताउँदै आएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसअघि नै संविधान संशोधनको कुनै औचित्य नभएको भन्दै कांग्रेस र माओवादीले ल्याएको संशोधन प्रस्तावको मस्यौदाको प्रतिकार गर्ने चेतावनी दिइसकेको छ ।