१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए प्रतिनिधिमण्डल कानुन आयोगमा

नेपालब्रिटेन डट कम्
१ माघ २०७६, बुधबार १५:२१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले कानुन आयोगसंग छलफल गरेको छ ।
संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा बुधवार नेपाल कानुन आयोगका सभापति माधव पौडेलसंग भेटघाट गरेको हो ।

भेटमा नेपाल सरकारद्वारा जारी गरिएको गैरआवासीय नेपाली सम्बन्धी ऐन तथा नियमावली माथि छलफल भएको अध्यक्ष पन्तले जानकारी दिए ।

प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली सम्बन्धी ऐन तथा नियमावली माथि लिखित सुझाव पेश गरेको थियो ।

प्रतिनिधीमण्डलमा गैरआवासीय नेपाली संघका संरक्षक जीवा लामिछाने, उपाध्यक्षद्धय डा. बद्री केसी, सोनाम लामा, कोषाध्यक्ष महेश श्रेष्ठ लगायत समावेस थिए ।