१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए यूकेको मिडिया संयोजकमा पत्रकार अर्याल

नेपालब्रिटेन डट कम्
१ माघ २०७६, बुधबार १८:५६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको प्रकाशन तथा मिडिया विभाग बिस्तार भएको छ ।

विभागका प्रमुख एवम् एनआरएनए यूकेका प्रवक्ता रामकुमार गुरुङका अनुसार पत्रकार ध्रुवराज अर्याललाई संयोजकको जिम्मेवारी दिइएको छ । विभागमा सदस्य र सल्लाहकारहरु नियुक्त भएका छन् ।

विभागमा संयोजकको जिम्मेवारी पाउने अर्याल नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष हुन् । नेपालीपत्रका सम्पादक उनी अन्नपुर्ण राष्ट्रिय दैनिकका बेलायत संवाददाताका रुपमा समेत कार्यरत छन् । उनी यसअघिको एनआरएनए यूके मिडिया तथा प्रेस विभागमा पनि सदस्यसचिव थिए । आर्याल एनआरएनए अन्तराष्ट्रिय पुरस्कार विजेता समेत हुन् ।

विभागको सदस्यमा पत्रकारहरु बाचस्पति रेग्मी, नरेन्द्र बस्नेत, पुर्ण गुरुङ, जगन कार्की र खेमराज रानाभाटलाई चयन गरिएको छ । त्यस्तै, सल्लाहकारमा वरिष्ठ पत्रकारहरु भगिरथ योगी, नविन पोखरेल र प्रमिला लाबुङ राई मनोनित भएका छन् ।

विभागमा सदस्य मनोनितहरुमध्ये बाचस्पति रेग्मी पत्रकार महासंघ बेलायतका पार्षद हुन् । उनी शितलपाटीन्यूजका सम्पादक पनि हुन् ।
त्यस्तै, नरेन्द्र बस्नेत पत्रकार महासंघ बेलायतका उपमहासचिव तथा रातोपाटी अनलाइनका बेलायत संवाददाता हुन् ।

पुर्ण गुरुङ र जगन कार्की दुवै पत्रकार महासंघ बेलायतका सचिव हुन् । गुरुङ एभरेष्ट टाइम्स यूके र नागरिकखबर अनलाइनसंग आबद्ध छन् भने कार्की साउथ एशिया टाइम अंग्रेजी अनलाइनका सम्पादक हुन् ।
त्यसैगरी, विभागको सदस्य मनोनित भएका खेमराज रानाभाट पत्रकार महासंघ बेलायतका कार्यसमिति सदस्य, प्रेस युनियन बेलायतको उपाध्यक्ष तथा नेपाली वेभ अनलाइनका सम्पादक हुन् ।

विभागको सल्लाहकारमा मनोनित हुने भगिरथ योगी लामो समय बिबिसीमा आबद्ध रहेका वरिष्ठ पत्रकार हुन् । उनी पत्रकार महासंघ बेलायतमा सल्लाहकार छन् । त्यस्तै, अर्का सल्लाहकार नविन पोखरेल कान्तिपुर दैनिक र कान्तिपुर टिभिका बेलायत संवाददाता हुन् । झण्डै डेढ दशकदेखि बेलायतमा सक्रिय उनी पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष पनि हुन् ।
सल्लाहकारमा मनोनित प्रमिला लावुङ राई फोनिज यूकेकी अध्यक्ष हुन् । बिजिडब्लुएस रेडियोमा कार्यरत उनी पत्रकार महासंघ बेलायतमा पनि पार्षद छन् ।