१५ बैशाख २०८१, शनिबार
Follow Us

संशोधन प्रस्तावमा सहमति जुटाउन पहल गर्ने कांगेस निर्णय

नेपालब्रिटेन डट कम्
८ मंसिर २०७३, बुधबार ०५:३५

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन पहल गर्ने भएको छ । प्रमुख तीन दलको बैठकमा संविधान संशोधनको विषयमा सहमति जुट्न नसकेपछि कांग्रेसले सहमतिका लागि एमाले, मधेसकेन्द्रित दल र अन्य दलसँग छलफल गर्ने भएको हो । सिंहदरबारमा कांग्रेस शीर्ष नेताको हिजो बसेको बैठकले संविधान संशोधनको विषयमा सहमति जुटाउन अधिकतम पहल गर्ने निर्णय गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको शीर्ष बैठकमा एमालेले संविधान संशोधनमा सहयोग नगर्ने स्पष्ट पारेपछि संसोधन प्रस्ताव अन्यौलमा परेको थियो । तर बैठकपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले अन्य दलहरुसँग पनि छलफल गरेर छिट्टै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने बताए ।
हिजोको बैठकमा सहभागि अधिकांश नेताले एमालेको सहमतिविना संबिधान संसोधन गर्न नहुने धारणा राखेका थिए ।