४ बैशाख २०८१, मंगलवार
Follow Us

एक दशकमा प्रदेशको गरिबी शुन्यमा आउँछःः मुख्यमन्त्री गुरुङ

sarusaru
२ माघ २०७६, बिहीबार ०९:२०

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले अबको एक दशकमा गण्डकी प्रदेशको गरिबी शुन्यमा झार्ने बताएका छन् । ११ जिल्लामा अहिले १५ प्रतिशत परिवार निरपेक्ष गरिबीको रेखामुनी रहेको भन्दै गुरुङ पाँच बर्षमा ७ प्रतिशत र ११ बर्षभित्र शुन्यमा पु¥याउने घोषणा गरेका हुन् । बुधबार बागलुङको कुश्मीशेरामा आयोजित जैमिनी मेलाको मुख्य समारोहलाई सम्बोधन गर्दैै गुरुङले गरिबी निवारण गर्न प्रदेश सरकारले जनताका आधारभुत आवश्यकता पुरा गर्ने र रोजगारी तथा आर्थिक उन्नतिमार्फत गरिबी निवारण गरिने दाबी गरे । ‘देशका सबै प्रदेशमध्ये उर्जामा हामी धनी छौं, पर्यटनमा पहिलो प्रदेश हो’ गुरुङले भने ‘कृषिमा आधुनिकिकरण र पर्यटनको प्रबद्र्धनमार्फत आर्थिक बिकासको बाटो खोल्छौं ।’
प्रदेश सरकारले पर्यटनको बिकास र उर्जा उत्पादनलाई प्राथमिकतामा राखेको भन्दै गुरुङले सबै जनतालाई उत्पादन सँग जोड्ने बताए । उनले स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले गर्न लागेका कामहरुलाई लक्षित गर्दै अबको ११ बर्षकै अबधिमा सबै नागरिकको औषत आयु ८० बर्ष पुग्ने दाबी गरे । ‘आयु बढाउन स्वास्थ्य नागरिक आवश्यक हुन्छ त्यसका लागि हामीले स्वास्थ्य क्षेत्रमा लागनी गर्नेछौं’ उनले भने ‘७२ बर्ष रहेको आयु पाँच बर्षमा ७५ र अर्को ६ बर्षमा ८० बर्ष पु¥याएर छोड्छौं । उनले प्रचुर सम्भावनाहरुलाई उपयोग गरेर ५ बर्षभित्र गण्डकी प्रदेशलाई आर्थिक समृद्धि रहेको पहिलो प्रदेश बनाउने बाचा गरे । ‘तीन हजार मेगावाट बिद्युतको उत्पादन गर्छौं, कृषि उत्पादन बढाउँछौं’ गुरुङले भने ‘पर्यटक बढाएर आर्थिक उन्नतीमा लाग्छौं ।’ कृषिमा परम्परागत शैलीको प्रयोगले उत्पादन बढ्न नसकेको भन्दै गुरुङले चिलाउनेको हलो छोडेर मेसिनमा लाग्न आग्रह गरे । ‘मान्छे लगाएर गरेको उत्पादनले अब खर्च उठाउँदैन’ गुरुङले भने ‘ठुटाको हलो छोडेर मेसिन लगाउनुस, उत्पादन बढी गर्नुहोस् ।’
स्थानीय उत्पादनको प्रयोगमा जोड दिएका गुरुङले ग्यासको साटो दाउरा र बिद्युतीय मेसिनहरुको प्रयोग गर्न सुझाब दिए । गुरुङले अर्को बर्षसम्म प्रदेशका सबै घरमा आधारभुत तहको खानेपानी पु¥याउने भन्दै आफ्नै कार्यकालभित्र सबै घरमा धारा जडान गरेर सक्ने दाबी गरे । यसै बर्ष उज्यालो प्रदेश घोषणा गर्ने भन्दै गुरुङले बिद्युतको पहुँच नभएका गाउँहरुमा सौर्य उर्जाको प्रयोग गरेर उज्यालो पारिने बताए ।
उनले केही स्वार्थ समुहहरुले संघियताको बिषयमा गलत चर्चा गर्ने गरेको भन्दै प्रदेशसभा बिनाको संघियताको कल्पना गर्न नसकिने बताए । ‘सामाजिक सञ्जालमा प्रदेश चाहिँदैन भन्नेहरु देखेको छु’ उनले भने ‘प्रदेशबिनाको संघियता टाउको बिनाको जिउ जस्तै हो ।’ केन्द्र र स्थानीय तह मात्रै मान्ने हो भने पहिलैकै संरचना ठिक भएको उनको भनाई थियो । ‘पहिलेको व्यवस्थाले कहिलै सिंहदरबार गाउँमा पु¥याएन यहीँ ठाउँमा मुख्यमन्त्री देखाउने पनि संघियता हो’ उनले भने ‘संघात्मक व्यवस्था नभएको भए जनताका गुनासा सुन्ने नजिकको सरकार हुने थिएन् ।’ उनले प्रदेश सरकार बलखै रहेको भन्दै हुर्कन र बढ्न समय लागेको बताए । सुधारका काम सुरु गरेको भन्दै आफ्ुनै कार्यकालमा सबै पालिका मुकाममा पक्कि सडक पु¥याउने उनको भनाई थियो ।
कार्यक्रममा नेकपा स्थायी समिति सदस्यतथा सांसद देवेन्द्र पौडेलले संस्कार र संस्कृतीको जगेर्नामा युवा पुस्ताको आर्कषण आवश्यक रहेको बताए । उनले आर्थिक समृद्धिका लागि विकासले गति लिएको भन्दै केही समयमा त्यसको नतिजा देखिन थाल्ने बताए । प्रतिनिधिसभा सदस्य डा. सुर्य पाठकले बागलुङ क्षेत्र नं १ को विकासका लागि आँफु लागि परिहरेको भन्दै परिणाम आउने गरी काम भैरहेको बताए । जनताको स्तरबाट खबरदारी र सुझाव दिईराख्नु पर्ने उनको भनाई थियो । कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रमुख सचेतक मणिभद्र शर्मा, प्रदेशसभा सदस्य कृष्ण थापा, जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगाना, नेकपाका नेता लिला थापा, जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल, फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले बोलेका थिए । पौष २७ गते सुरुभएको मेलाको मुल सामारोह बुधबार सम्पन्न भएको हो ।