१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पाँच दिनपछि प्रधानमन्त्री ओली–प्रचण्ड संवाद

नेपालब्रिटेन संवाददाता
२ माघ २०७६, बिहीबार ११:१९

काठमाडौं । आइतबारदेखिको संवादहीनता तोड्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको हो । उहाँहरुले सभामुखका लागि उम्मेदवारका विषयमा छलफल जारी राखेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

अध्यक्ष ओलीले दाहाललाई बोलाएपछि उहाँ बालुवाटार पुग्नुभएको थियो । यसअघि उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई आइतबार बालुवाटार बोलाएर दुई अध्यक्षले राजीनामा दिन आग्रह गर्नुभएको थियो । तर, तुम्बाहाङ्फेले राजीनामा दिन अस्वीकार गरेपछि अध्यक्ष दाहाल वालुवाटार जानुभएको थिएन । अध्यक्षद्वयबीच आइतबारदेखि नै संवादहीनको अवस्था थियो ।