६ चैत्र २०८०, मंगलवार
Follow Us

आस्था राउतले किन माफी मागिनँ (भिडियोसहित)

नेपालब्रिटेन संवाददाता
३ माघ २०७६, शुक्रबार ११:३६

काठमाडौं । विमानस्थलमा चेकजाँचका बेला गायिका आस्था राउतले प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै उजुरी परेको छ । उनीविरुद्ध उजुरी परेपछि आफूले गल्ती गरेको भन्दै सामाजिक सञ्जालमार्फत् माफी मागेकी छन् । उनले फेसबुक लाइभमा भनेकी छन्, विमानस्थल घटनामा आफूले बोलेको शब्दप्रति आफैलाई ग्लानी भएको छ । संयमित भएर बोल्न सकिन, माफी चाहन्छु ।’

प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार भएको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् । विमानस्थलमा गायिका आस्था राउतको चेकजाँच गरेकी उनले आफू ड्यूटीमा रहँदा गालीगलौच र अभद्र ब्यवहार भएको भन्दै उजुरी दिएकी हुन् ।

उनको उजुरीमाथि कारबाहीका लागि विमानस्थल प्रहरी कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ । प्रहरीलाई तुच्छ शब्दले गाली गरेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी गायिका आस्था राउतले आफूले बोलेको शब्दहरुप्रति आफैलाई ग्लानी महसुस भएको बताएकी छन् ।

शुक्रबार फेसबुक लाइभमा गायिका राउतले महिला प्रहरीले दुर्व्यवहार गरेपछि आफ्नो मनोबल घटेको र मन दुखेको बताइन् । उनले भनिन्, ‘कुनै दम्भ पनि देखाएको छैन, डराएको पनि छैन् ।’

राम्रो काम गरेर हिँडेको मान्छले कहिले दम्भ नदेखाउने बताउँदै गायिका राउतले भनिन्, ‘अत्याचार भएर बोल्दा उल्टै म नराम्रो भएँ । फ्यानहरुलाई आग्रह मेरो लागि पनि बोलिदिनुस् ।’

‘भिडियो गर्नेबेला आफूले संयमितता अपनाउनुपर्थ्यो । तर, उजुरी त गर्थें,’ गायिका राउतले भनेकी छन्, ‘मैले संयमित भएर बोल्न सकिन । त्यसको लागि माफी चाहन्छु ।’

आस्था राउत र प्रहरीबीच यस्तो भएको थियो विमानस्थलमा भिडियो