१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अन्नपूर्ण आधार शिविरमा ९ विदेशी सम्पर्कविहीन

नेपालब्रिटेन डट कम्
३ माघ २०७६, शुक्रबार १५:२८

काठमाण्डौं — अन्नपूर्ण आधार शिविर हिँडेका ९ विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । केही चिनियाँ र चार कोरियाली चिनियाँ पर्यटक सम्पर्कमा नरहेको प्रहरीले बताएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुख डीआइजी विनोद शर्मा घिमिरेका अनुसार ९ कोरियाली मध्ये ४ जना सम्पर्कमा नरहेको जानकारी प्राप्त भएको छ ।

यसैगरी नेपाली भरियासहित गएका एक चिनियाँ पर्यटक पनि सम्पर्कमा नरहेको बताएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउराली भन्ने स्थानको बिचमा हिमपहिरो आएपछि उनीहरु सम्पर्क बिहिन भएका हुन् ।