४ बैशाख २०८१, मंगलवार
Follow Us

सभामुख चयन प्रक्रिया चाँडो शुरु गर्न कांग्रेस संसदीय दलको माग

नेपालब्रिटेन संवाददाता
४ माघ २०७६, शनिबार ०५:५१

काठमाडौं । सभामुख चयन प्रक्रिया चाँडो सुरु गर्न सत्तारुढ नेकपालाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आग्रह गरेको छ । हिजो शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभाको सोमवार बस्ने बैठकबाट सभामुख चयन प्रक्रिया सुरु गर्न आग्रह गरेको हो ।

कांग्रेसको संविधानमा भएको व्यवस्था अनुसार सभामुख र उपसभामुखको चयन फरक दल र फरक लिङ्गबाट नभएका कांग्रेसलाई मान्य नहुने बताएको छ । कांग्रेसले नेकपासँग छलफलपछि मात्र सभामुख निर्वाचनमा उम्मेदवार उठाउने नउठाउने निर्णय गरेका छन् ।

सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा भएको एमसीसी सम्झौता संसदबाट पारित हुनुपर्ने माग पनि कांग्रेसले गरेको छ । कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार नउठाएका दलहरुलाई सहयोग गर्न पनि आग्रह गरेको छ ।