१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘केन्द्रीय तहदेखि एकता आवश्यक’

नेपालब्रिटेन संवाददाता
४ माघ २०७६, शनिबार १०:४२

तनहुँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीभित्र केन्द्रीय तहदेखि नै एकता आवश्यक रहेकामा जोड दिनुभएको छ । नेपाली काँग्रेस तनहुँको सुदृढीकरण अभियानअन्तर्गत व्यास नगरपालिका–४ मा आज आयोजित कार्यक्रममा उहाँले केन्द्रीय तहमा नै नेताहरु एक हुन नसक्दा जिल्लास्तरमा पनि त्यो रोग देखापरेको टिप्पणी गर्नुभयो ।

“केन्द्रीय तहबाटै नेताहरुबीच एकताको सन्देश दिन आवश्यक छ”, भण्डारीले भन्नुभयो, “तबमात्र तल्लो तहसम्म कार्यकर्ताबीच सुमधुर सम्बन्ध कायम गर्न सकिन्छ ।” उहाँले केन्द्रमा नमिल्ने र तल्लो तहमा मात्रै कार्यकर्तालाई मिल्न दबाब दिनु उचित नभएको जिकिर गर्नुभयो ।

बहुमत सहितको सरकार रहेको वर्तमान समयमा काँग्रेस कमजोर अवस्थामा रहेकाले पार्टीलाई बलियो बनाउने गरी काम गर्नुपर्नेमा भण्डारीको जोड थियो । मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० का विषयमा पार्टीभित्रै मतभेद रहेकाले यसलाई पारित गर्नेबारे अझै पनि छलफल गर्न आवश्यक रहेको भण्डारीले बताउनुभयो ।

पार्टीका पूर्वसभापति धु्रव वाग्ले, सचिव विश्व बाँस्तोला, व्यास नगर समितिका सभापति शान्तिरमण वाग्ले लगायतले पार्टीको सुदृढीकरण अहिलेको मुख्य आवश्यकता भएकामा जोड दिनुभयो । नेपाली काँग्रेस तनहुँले जिल्लाका दश स्थानीय तहमा सङ्गठन सुदृढीकरण कार्यक्रमलाई तीव्रता दिएको छ ।