१५ चैत्र २०८०, बिहीबार
Follow Us

रसियन पाइलट अलेकजेन्डर म्याक्सीमोभको मृत्यु

नेपालब्रिटेन डट कम्
८ मंसिर २०७३, बुधबार १३:४४

काठमाडौं । कास्कीको कास्कीकोट लौरुकमा ह्याण्ड ग्लाइडर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज विहान एभिया क्लबको नाइन–एन–एल–एल ओपन फ्लाइट जहाज दुर्घटना हुँदा रसियन पाइलट अलेक्जेण्डर म्याक्सिमोभको मृत्यु भएको हो । चापाकोट गाविसको बाम्दीस्थित आफ्नै मैदानबाट तानेर उडाउनेक्रममा ह्याण्ड ग्लाइडर रनवेबाट दुईसय मिटर पर जमिनमा बजारिएको प्रत्यक्षदर्शीले जनाएका हुन् । प्रहरीले भने प्राविधिक समस्याका कारण दुर्घटना भएको हुन सक्ने औल्याएको छ । घाइते क्यानेडियन महिला जिलेनी भोल्करको गण्डकी मेडिकल कलेज नयाँबजारमा उपचार भइरहेको छ ।