११ बैशाख २०८१, मंगलवार
Follow Us

बेलायती प्रधानसेनापति भ्रमणमा जाने

नेपालब्रिटेन डट कम्
५ माघ २०७६, आईतवार ०६:१६

लन्डन । बेलायती सेनाका प्रधानसेनापति सर मार्क कार्लटन स्मिथ नेपाली सेनाको यस वर्षको सेना दिवसमा प्रमुख अतिथि हुने भएका छन्। नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणलाई स्वीकार गर्दै बेलायती सेनापतिको नेपाल भ्रमणमा जाने भएका हुन् ।
‘बेयायती सेना प्रमुखले यही फागुन ३ देखि १० गतेसम्म नेपाल भ्रमण गर्ने तय भएको छ, तर उहाँ सेना दिवसमा प्रमुख अतिथि बन्नकै लागि आउन लाग्नु भएको भने होइन,’ सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने।

बेलायती सेनाले यो भ्रमणको कार्यक्रम स्वीकृत गरिसकेको छ। आगामी फागुन नौ गते शिवरात्रिमा सेनाले सेना दिवस मनाउँदै छ। नेपाली सेना र बेलायती सेनाकाबीचमा विगत केही वर्षहरुमा देखिएको उतारचढावपूर्ण सम्बन्ध सुधार भएको संकेतका रुपमा यो भ्रमण तय भएको हो।

नेपाली सेनाका कर्नेल कुमार लामालाई अनौपचारिक बेलायत भ्रमणका क्रममा अकस्मात पक्राउ गरी मानव अधिकार हनन्को मुद्दा चलाएर बेलायतले बन्दी बनाएपछि नेपाली सेना र बेलायतबीचको सम्बन्धमा धरार उत्पन्न भएको थियो।

नेपाली सेना र बेलायती सेनाकाबीचमा विगत केही वर्षहरुमा देखिएको उतारचढावपूर्ण सम्बन्ध सुधार भएको संकेतका रुपमा यो भ्रमण तय भएको हो।

त्यसपछि २०७२ सालमा गएको महाभूकम्पका क्रममा दुई देश र दुई सेनाबीचको तिक्ततामा अझ बृद्धि भयो। उद्धार र राहतका लागि पठाइएका बेलायती सेनाका जहाजलाई नेपाल प्रवेश अनुमति दिइएको थिएन।

यसरी अप्रत्यासित रुपमा बिग्रिँदै गएको सम्बन्धमा पछिल्ला दिनहरुमा दुवै देशका सेनाले सुधारको प्रयास गर्दै आएका थिए। यही प्रयासको उच्चतम रुप बेलायती सेना प्रमुखको नेपाल भ्रमण हो।