१३ बैशाख २०८१, बिहीबार
Follow Us

रवि लामिछानेलाई सफाई

नेपालब्रिटेन संवाददाता
५ माघ २०७६, आईतवार १३:२५

काठमाडौं । जिल्ला अदालत चितवनले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई सफाई दिएको छ । न्यायाधीश हेमन्त रावलको इजलासले उनलाई सफाई दिएको हो ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा उनीविरुद्ध मुद्दा चलेको थियो । अदालतले आत्महत्या दुरुत्साहनको अभियोगमा दाबी नपुग्‍ने भन्दै सफाई दिएको हो ।

पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा गत साउन ३१ गते लामिछाने र कँडेल न्यूज ट्वान्टी फोर टेलिभिजनकै परिसरबाट पक्राउ परेका थिए । त्यसपछि जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।